सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपलिकाले आज आफ्नो १०७ औँ स्थापना दिवस मनाउँदै छ । बुधबार ललितपुर महानगरपालिकाले १०७ औँ स्थापना दिवस मनाउन लागेको हो । ललितपुर महानगरपालिका कला, संस्कृति सम्पदा र हरित सहरका रूपमा परिचित छ । विक्रम संवत् १९७५ पुस २ गते जारी भएको पाटन सवालबाट छेमडोल अड्डाको नामबाट सञ्चालन भई विसं २००९ मा ललितपुर नगरपालिका घोषणा गरिएको थियो । त्यस्तै विसं १९१८ मा ललितपुर नगर पञ्चायत, २०४७ मा पुनः ललितपुर नगरपालिका, २०५२ मा ललितपुर उपमहानगरपालिका र २०७३ चैत १० गते ललितपुर महानगरपालिका घोषणा भएको थियो । महानगरले आज प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा स्थापना दिवस भव्य रूपमा मनाउन लागेको छ ।