सोसल मिडिया
Contact Us
युनिकोड
हरिसिद्धि (ललितपुुर) । ललितपुर महानगरपालिका वडा नं. २९ स्थित जलः दरबार पार्टी प्यालेसको सभाहलमा ‘शन्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी’ अन्तर्गत गत शनिबार ‘लैङिगक हिंसा तथा शान्ति सुरक्षा विषयक नागरिक सुनुवाई कार्यक्रम’ सम्पन्न भएको छ । ललितपुर महानगरपालिका २८ नं. र २९ नं. वडा कार्यालय तथा जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत सातदोबाटो, प्रहरी प्रभाग हरिसिद्धीको संयुक्त आयोजनामा उक्त नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । ललितपुर महानारपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य तथा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटी, महानगर वडा नं. २८ का अध्यक्ष वीरेन्द्र महर्जन, २९ नं. वडाका वडाअध्यक्ष गणेशकुमार महर्जन तथा दुवै वडाका निर्वाचित जनप्रतिनिधिहरूको उपस्थितिमा ‘नागरिक सुनुवाई कार्यक्रम’ सम्पन्न भएको हो । नागरिक सुनुवाई कार्यक्रममा लपुमनपा २८–२९ नं. वडामा रहेका महिला समूहका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, युवा, राजनीतिक दलका प्रतिनिधिसहित उल्लेख्य मात्रामा स्थानीयवासीको सहभागिता रहेको थियो । ‘लैङिगक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भ पारेर ‘लैङिगक हिंसा तथा महानगरका दुईवटा वडाको शान्ति सुरक्षाका विषयमा उक्त कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा सहभागी महिला समूह तथा नागरिक समाजका प्रतिनिधिहरूले ‘लैङिगक हिंसा तथा शान्ति सुरक्षाका विषयमा प्रहरी प्रमुखसहित जनप्रतिनिधिहरूलाई जिज्ञासा राखेका थिए । प्रहरी प्रमुख तथा महानगरकी उपप्रमुख, वडाअध्यक्षद्धयले वडावासीले उठाएका विभिन्न विषयमा वडा कार्यालय तथा शान्ति सुरक्षाका विषयमा जानकारी गराएका थिए ।