सोसल मिडिया
Contact Us
युनिकोड
तिखिदेवल (ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडाले वडावासीको स्वास्थ्यलाई महत्व दिँदै आज आइतबार मुटु परीक्षण गराएको छ । प्रभु महालक्ष्मी लाइफले आयोजना तथा ललितपुर महानगरपालिका १४ नं. वडा तथा ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिको सहकार्यमा निःशुल्क मुटु चेक जाँच शिविर सम्पन्न भएको हो । आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजे सम्म वडा कार्यालय परिसरमा आयोजित निःशुल्क मुटु चेक जाँच शिविरमा उल्लेख्य मात्रामा वडावासीको सहभागिता रहेको थियो ।