Dashain Banner
Dashain Banner

ललितपुर महानगर २८ नं. वडामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न 

विभिन्न रोगका ३६३ जना बिरामीले लिए शिविरको लाभ 
आइतबार, मंसिर २८, २०८२

हरिसिद्धि (ललितपुर) । ललितपुर महानगरपालिका २८ नं. वडा को ब्यवस्थापन तथा झिगु आयुर्वेद पसल चापागाउँको सहयोगमा शनिबार वृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  वडा कार्यालयसँगैको हरिसिद्धि माध्यामिक विद्यालयमा आयोजित वृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ३६३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै आवश्यक बिरामीहरूलाई निःशुल्क औषधि पनि वितरण गरिएकाृे थियो । बिहान १० बजेबाट सुरु भएको उक्त शिविर अपराह्न २ बजेसम्म जारी रहेको थियो ।  शिविरमा पाइल्स सम्बन्धी, पिनास तथा माइग्रेन, बाथरोग जोर्नी तथा नशा, मुत्र रोग तथा पत्थरी, छाला रोग तथा यौन दुर्वलता, स्त्री रोग सम्बन्धी, जन्डिस तथा कलेजो, ग्याष्ट्रिक तथा अल्सर दम तथा खाकी सम्बन्धी समस्याका बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो ।  

599959679_1364244588726783_232151785466388820_n-1765708734.jpg
 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार