सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । आगामी पुस ५–६ गते भारतको कालेङफुङमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नागदह तेक्वान्दो डोजाङका खेलाडीहरुलाइ शनिबार एक कार्यक्रममो आयोजना गरी बिदाइ गरिएको छ । ललितपुर महानगरपालिका २४ नं. वडा अध्यक्ष दिनेश पाण्डेले खेलाडीहरूको विदाई गरेका हुन् । वडाअध्यक्ष पाण्डेसहित बागमती प्रदेश तेक्वान्दो सङका अध्यक्ष केशव पुरी, महानगर २४ नं. वडाका वडासदस्य इन्द्रा श्रीस, कल्याण स्कुलका प्रिन्सिपल श्याम कार्की, नेपाली सेनाका जर्नेल प्रकाश थापा, सत्यराम महर्जन, डा. कृति सुबास जोशी, महेश गिरी तथा नागदह लेक गार्डेनका सञ्चालक प्रेरणा सिङले तेक्वान्दो प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई विदाई गरेका हुन् । शनिबार बिदाई गरिएका खेलाडीमध्ये प्रवेश श्रेष्ठ ३३ केजी मुनि, सिभान्स बोहोरा २७ केजी मुनि, आरुष खतिवडा ५५ केजी मुनिको क्याटगोरीमा भाग लिँदै छन् । त्यस्तै पुम्से विधातर्फ कृशव घिमिरे, आरोहण सापकोटा, कृति अनुभब जोशी तथा महिला पुम्से खेलाडीमा रितिशा कार्की रहेको नागदह तेक्वान्दो डोजाङका कवि मालाकारले जानकारी दिए ।