सरकार–जेनजी सम्झौता 

सरकारलाई मार्गदर्शन गर्न जेन–जी परिषद गठन हुने

बुधबार, मंसिर २४, २०८२

काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । सिंहदरबारमा सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सम्झौता भएको हो ।  सम्झौतामा जेनजीले भदौ २३ र २४ गते गरेको गतिविधिलाई राजनीतिक–सामाजिक आन्दोलनको संज्ञा दिइएको छ । जेनजी आन्दोलनको मर्म र भावना अनुसार शासन व्यवस्था सञ्चालनमा सरकारलाई योगदान गर्न जेन–जी परिषद् गठन गरिने सम्झौतापत्रमा भनिएको छ । ‘नेपाली जनताको सुशासनको तीव्र आकांक्षाबाट प्रेरित भै जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनबाट प्राप्त जनादेश एवं संविधानले अङ्गीकार गरेका मूल्य मान्यतालाई आत्मसात गर्दै नेपाल सरकार र जेन–जी प्रतिनिधिबिच यो सम्झौता सम्पन्न गरिएको छ,’ सम्झौतापत्रमा भनिएको छ, ‘सम्झौताका उल्लिखित प्रावधानहरूको इमानदारिताका साथ प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्ष दृढ प्रतिज्ञा व्यक्त गर्दछन् ।’

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  २०:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार