सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालय धापाखेलमा आज सोमबार अन्तराष्ट्रिय लैङिगक हिंसाविरुद्धको १६ दिने अभियान–२०२५ का सन्दर्भमा लैङिगक हिंसा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । लपुमनपा–२४ न. वडा कार्यालयको समन्वयमा आयोजित कार्यक्रममा प्रहरी वृत्त सातदोबाटो ललितपुरकी प्रमुख प्र.ना.उ. (डिएसपी) पूर्णिमा कुमारी चन्दले लैङिगक हिंसाका विविध पाटोबारे जानकारी गराएकी थिइन् । महानगर २४ नं. वडाका वडाअध्यक्ष दिनेशजंग पाण्डेको सभापतित्वमा आयोजित कार्यक्रममा वडासदस्य निशा मालबुलले स्वागत मन्तव्य राख्दै लैङिगक हिंसा विरुद्धको अभियान कसरी सुरुवात भएको भन्ने बारे जानकारी दिएकी थिइन् ।
सचेतना कार्यक्रममा वडा सदस्य इन्द्रा श्रीश, हरिकृष्ण महर्जन, वडासचिव उदय सन नापितसहित वडा भित्र क्रियाशील १८ वटा महिला समूहका पदाधिकमारी, विभिन्न संघ संस्थाकाप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । लैङ्गिक हिंसाविरुद्ध जनचेतनामूलक प्रशिक्षण कार्यक्रममाकै क्रममा फोर द वान नामक गैर सरकारी संस्थाले तनाव व्यवस्थापनका बारेमा प्रस्तुति दिएको थियो । यस वर्ष लैङिग हिंसा विरुद्धको अभियानको अन्तराष्ट्रिय नारा “UNITE TO END DIGITAl VOILENCE AGAINST ALL WOMEN AND GIRLS” तय गरिएको छ भने राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौ लैङिगक हिंसाको अन्त्य गरौ’ भन्ने तय गरिएको छ । कार्यक्रममा प्रहरी बृत सातदोबाटो ललितपुरकी प्रमुख डिएसपी पूर्णिमा कुमारी चन्दले महिला, पुरुष तथा तेस्रो लिङिग माथि गरिने जुनसुकै खालको दुव्र्यवहारलाई लैङिगक हिंसा भनिने बताइन् । प्रहरीको पछिल्लो प्रतिवेदनले ८९ प्रतिशत लैङिगक हिंसा चिनेजानेको मानिसबाट नै हुने गरेको देखाएको उल्लेख गर्दै लैङिगक हिंसाविरुद्धको उजुरी राज्यका चारवटा निकायमा दिन सकिने जनाउँदै हिंसा सहेर नबस्न महिला दिदी बहिनीलाई आह्वान गरिन् ।
लैङिगक हिंसा विरुद्धका उजुरीका लागि पनि समय सिमा निर्धारण गरिएको जनाउँदै उनले समयमै आफूमाथि भएको हिंसाविरुद्ध उजुरी गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रमका सभापति लपुमनपा २४ नं. वडाका वडाअध्यक्ष दिनेश जंग पाण्डेले पछिल्लो समय हिंसाको पीडामा पुरुष पनि पर्ने गरेको विवरणहरू आइरहेको जनाउँदै हिंसाविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए । वडा कार्यालय, विभिन्न संघ संस्थाहरूले दिने सचेतना कार्यक्रममा सिकेको कुराहरू आफ्नो समूहमा गएर पनि समूहका सदस्यहरूलाई अवगत गराउन वडाअध्यक्ष पाण्डेले महिला समूहका पदाधिकारीहरूलाई निर्देशन दिए ।