सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरको वडा नं. १ को वडा स्वास्थ्य कार्यान्वयन समिति प्रथम भएको छ । वडा नं.१३ को वडा स्वास्थ्य कार्यान्वयन समिति दोस्रो र वडा नंं.२० को वडा स्वास्थ्य कार्यान्वयन समिति तेस्रो भएका छन् । प्रथम, द्धितीय र तृृतीय हुने वडा समितिहरुलाई क्रमश ७५ हजार, दोस्रो हुनेलाई ६० हजार र तेस्रो हुनेलाई ४० हजार हस्तान्तरण गरिएको छ । विश्व स्वयमसेवक दिवसको अवसरमा शुक्रबार आयोजित २२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेवक दिवसको अवसरमा नगर प्रमुख चिरीबाबु महर्जनले नगद पुरस्कारसहित सम्मान गरे ।
यसैगरी १२ जना टोल स्वास्थ्य उत्प्रेरक, ६ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका कार्यक्रममा पुरस्कृत भए । यसका साथै २९ जना उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई पनि कार्यक्रममा नगद पुरस्कारसहित सम्मान गरिएको थियो भने २९ जना उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरकहरु पनि नगद पुरस्कारसहित सम्मानित भएका थिए । यसका साथै उत्कृष्ट टिबी टे«सर र उत्कृष्ट एच आइभी काउन्सिलर पनि पुरस्कृत भए । नगर प्रमुख चिरीबाबु महर्जनले देशभरका नागरिकले महानगरले गरेको कामको मूल्यांकन गरेको बताए । उनले भने, ‘ पूर्वमेचीदेखि पश्चिम महाकाली सम्मका नागरिकले राम्रो काम गर्ने पालिका भनेर पहिचान गरेका छन् । ‘
स्वास्थ्य क्षेत्रमा पाएको उपलब्धि स्वास्थ्य स्वयम सेविकाका कारण प्राप्त भएको बताउँदैं टिमवर्कका कारण प्राप्त भएको बताए । भएकोब बताए । टिम वर्कको कारण उपलब्धि प्राप्त भएको बताए । ललितपुर महानगरसँग मितेरी सम्बन्ध कायम गरेको सल्यानको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले ललितपुर महानगरले हरियाली प्रबद्र्धन, वातावरण संरक्षणमा उल्लेख्य काम गरेको बताउँदै धेरै पालिकाका लागि ललितपुर महानगरको काम अनुकरणयोग्य रहेको बताए । ललितपुर महानगरका प्रवक्ता एवम् सामाजिक विकास समितिका संयोजक राजु महर्जनले ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि स्वास्थ्य क्षेत्रमा कार्यक्रम स्वास्थ्यकर्मीका कारण प्राप्त भएको बताए । जनस्वास्थ्य शाखा प्रमुख सुनिता महर्जनले बागमती प्रदेशमा ललितपुर जिल्लाले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मूूल्याङकन भएको बताउँदै महानगरका स्वास्थ्यकर्मीले गरेको कामको कारण यो उपलब्धि हासिल भएको बताइन् ।