ललितपुर महानगर प्रमुख महर्जनद्धारा यःमरि बनाउने प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण

बुधबार, मंसिर १७, २०८२

काठमाडौं । एकेडेमी अफ कुलिनरी आट्र्स कलेजले आयोजना गरेको यःमरि बनाउने प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरिएको छ । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले पुरस्कार वितरण गरेका हुन् । पुरस्कार वितरण कार्यक्रममा मेयर महर्जनले यस्तो प्रतियोगिताले नेवारी समुदायको पहिचान संरक्षण, स्थानीय पर्यटन प्रवर्धन तथा परम्परागत सीपको जगेर्ना हुने बताए । कलेजले गत मङ्सिर १४ गते प्रतियोगिताको समापन गरेको थियो । सोही प्रतियोगिताको पुरस्कार भने आज वितरण गरिएको हो । उक्त समारोहमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ सन्तोष शाहलगायत विशिष्ठ अतिथिहरूको विशेष उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार