सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरले अपाङ्गता दिवसको दिन अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्ने भएको छ । ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मूल समारोह समितिको बैठकमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थय परीक्षण गर्ने जानकारी दिइएको हो । स्वास्थ्य परीक्षण गर्नका लागि अपाङ्गताको क्षेत्रमा काम गर्ने संघसंस्था र वडा कार्यालयमा नाम दर्ता गराउनु पर्नेछ । यसैगरी दिवसको दिन अपाङ्गता भएका व्यक्तिहरुले बनाएको चित्रको प्रदर्शनी समेत गरिने महानगरले जनाएको छ । प्रत्येक वर्ष डिसेम्बर ३ का दिन अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइन्छ । दिवस यो वर्ष मंसिर १७ गते बुधबार परेको छ । महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यो दिवसलाई सबैको दिवस बनाउनुपर्ने बताइन् । महानगरले यस वर्ष यो दिवस पृथक ढंगले मनाउने तयारी गरेको बताउँदै अपाङ्गता भएकाहरुको समस्यालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन् । वर्षको एक दिन धुमधामसँग दिवस मनाउनुभन्दा वर्षभरि नै उनीको आवश्यकता र समस्यामा संवेदनशील हुनु महत्वपूर्ण भएको बताइन् । बैठकमा अपाङ्गताको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।