बाजुराको हिमाली गाउँपालिकाद्वारा प्रदेश मुख्यमन्त्री कमल शाहलाई २६ बुँदे ज्ञापन पत्र

सोमबार, मंसिर ८, २०८२

बाजुरा । बाजुराको सर्वाधिक विकट पालिकाको रुपमा परिचित हिमाली गाउँपालिकाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह समक्ष बुँदे ज्ञापन पत्र बुझाएको छ ।  प्रलेशका योजनाको सिलान्यास, प्रदेश सरकारले निर्माण गरिरहेका योजनाको अनुगमन तथा भेटघाटको क्रममा बाजुरा पुगेका मुख्यमन्त्री शाहलाई पालिकाले २६ बुँदे ज्ञापनपत्र बुझाएको हो । गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले मुख्यमन्त्री शाह समक्ष ज्ञापन पत्र बझाएका हुन । कुवाडी–विच्छ्या–रानीसैन–हिल्सा सिल्क रणनितिक सडक निर्माण,गाउँपालिकामा राष्ट्रि विद्युत प्रसारण लाईन विस्तार र कुवाडी खोलाको लघु जलविद्युत आयोजनाको पुनर्निर्माण,मौतर्ना मोटरेवल पुल, त्यस्तै खानेपानी नपुगेका  ठाउँमा खानेपानी योजना निर्माणकाको माग गरिएको छ । धुलाचौर कर्णाली लिफ्टिङ खानेपानी, गुम्बामा टेलिफोन इन्टरनेट सहितको टावर निर्माण कुवाडी अस्पताल पहिरो नियन्त्रण, अल्लो प्रशोधन, आधुनिक भेडा पालनतथा उन प्रशोधन सहितका मागहरु राखिएका छन् । गाउँपालिका अध्यक्ष मल्लद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा गाउँपालिकाले अत्यावश्यक समस्या समाधान गर्न प्रदेश सरकारलाई माग गरेको हो । भौगोलिक विकटता रहेको हिमाली गाउँपालिकामा प्रदेश सरकारका मुख्यमन्त्री गाउँमा आएपछि पालिकाले समस्या सहित पालिकाको विकासका लागि ज्ञापन पत्र बुझाएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिएका छन् । प्रदेश सरकारले ज्ञापनपत्रको कदर गरेको खण्डमा ठुलो राहत मिल्ने समेत बताएका छन् । मुख्यमन्त्री शाहले दुर्गम पालिकाको विकासमा तथा यहाँका नागरिकलाई विशेष प्राथमिकतामा राख्ने प्रतिबद्दता व्यक्त गरेका छन् । त्यस्तै शाहले सुदूर तथा बाजुराको पर्यटकीय सम्भावना बोकेको रानीसैनको लागी सडक निर्माण तथा पदमार्ग निर्माण गर्न आफू प्रतिबद्द रहने बताए । उनले रानीसैनको भ्रमण समेत गर्ने भएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार