सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले कला र संगीतको माध्यमबाट राष्ट्रलाई बिशिष्ट योगदान पुर्याएका तीन जना बिशिष्ट साधकहरूलाई ‘विशिष्ट साधक सम्मान–२०८२’ प्रदान गरेको छ । वरिष्ठ नृत्य निर्देशक एवं लोकनृत्य मन्चका प्रवर्तक भैरव बहादुर थापा, वरिष्ठ गायिका एवं साहित्यकार चन्द्रकला शाह र वरिष्ठ लोक गायक तथा संकलक रेशम थापा सम्मानित भएका हुन् । संस्थाको स्थापनाकालसँगै प्रदान गरिँदै आएको विशिष्ट साधक सम्मानको यो तेस्रो संस्करण हो । पहिलो संस्करण २०८० मा विशिष्ट साधक सम्मानबाट खड्ग गर्बुजा, चैत्य देवी र शशी बिक्रम शाह सम्मानित भएका थिए भने २०८१ मा भैरव रिसाल, माणिकरत्न स्थापित र प्रदिप कुमार उपाध्याय सम्मानित भएका थिए । पुरस्कार राशी भने ५५५५ नगद, दोशल्ला र सम्मानपत्र छ । पुरस्कृत एवं सम्मानित श्रष्टाहरूले आफ्नो मन्तव्य राख्दै श्रष्टाहरूको निवासमै पुगेर गरिने यो प्रकारको सम्मान नौलो र विशेष एवं तारिफयोग्य रहेको बताए । कार्यक्रममा संस्थाका सल्लाहकार रमेश दाहाल, वरिष्ठ संगीतकार एवं गायक कमल अधिकारी, संस्थाका अध्यक्ष नारायण बहादुर थापा, बरिष्ठ उपाध्यक्ष दिपक शर्मा, उपाध्यक्ष सुजाता केसी, महासचिव सनम कठायत, सचिव रिता केसी, कोषाध्यक्ष प्रतिक्षा काफ्ले, सदस्यहरू बिरेन्द्र भाट बिपिन, मनोज परियार, डेभिड शंकर, सुभाष तिम्सिना, कोपिला सिवाकोटी, प्रमोद डिजी र बिक्रान्त आचार्यलगायतको उपस्थिति रहेको थियो ।