जेनजी आन्दोलनपछि पुराना दलमा क्रियाशील दलका नेताहरूमा उकुस मुकुस 

सन्तोष परियारले पनि छाडे रास्वपा 
शुक्रबार, कात्तिक २८, २०८२

काठमाडौं । जेनजी आन्दोलनले दलका नेताहरूको मथिङगल बेस्सरी हल्लाएको छ । दलका नेताहरू आफू संलग्न पार्टी छाड्ने तथा पुराना दलहरू एक जुट भएर नयाँ नामसहित संगठित हुन थालेका छन् । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका दुई महामन्त्रीसहितका युवा नेता फागुनको निर्वाचन अघि महाधिवेशन गर्ने अडानमा छन् भने उनलाई काउन्टर दिने काग्रेसका नेताहरू दुई महामन्त्रीलाई जुनसुकै हालतमा पनि रोक्ने रणनीतिमा छन् । अर्काे ठूलो दल नेकपा एमालेमा केपी ओलीलाई अध्यक्षमा रोक्न ईश्वर पोखरेलसहितका नेताहरू क्रियाशील छन् । माओवादी केन्द्र अन्य ९ वटा दलहरूलाई एक ठाउँमा भेला पारेर नेपाली कम्युनिष्ट पार्टीको रुपमा अघि बढेकाे छ । राप्रपा भित्र पनि सानो तिनो भुइँचालो गएको छ । रास्वपामा पनि पार्टी छाड्ने लहरो लाग्न थालेको छ । केही समयअघि सुमना श्रेष्ठले पार्टी छाडेकी थिइन् । उनलाई पच्छयाउँदै सन्तोष परियारले पनि पार्टी छाडेका छन् । डा. तोषिमा कार्कीले पनि आफ्नो असहमतिका स्वरलाई बुलन्द रुपमा नै उठाउँदै आएकी छन् ।  यस्तैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न नसकिएको प्रति दुःख जनाउँदै पार्टी छाडेको घोषणा गरेका छन् । पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई बुझाएको राजिनामा पत्रमा उनले ‘निरन्तर पार्टीमा विचारको बहस गरिरहँद त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु’ भनेका छन् । रास्वपाको सदस्य भइरहँदा आफूले पार्टी र देशको हितमा इमान्दार प्रयत्न गरेको बताउदै उनले अगाडि लेखेका छन, ‘नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुःखी छु ।’ २३ र २४ भदौको जेनजी विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको उनको भनाइ छ । जेनजी आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको भन्दै उनले जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलिरहेको बताए । यसका लागि हरेक राजनीतिक पार्टी र व्यक्तिले पनि आगामी नेपाली राजनीतिलाई अझ फराकिलो हिसाबमा सोच्नुपर्ने अवस्था आएको भन्दै उनी लेख्छन्, ‘नेपाली राजनीतिक आन्दोलनको पुनर्संचना, अवधारणाहरूको पुनपरिभाषा र संगठनहरुको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो पुस्ताको काँधमा आएको छ।’ बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै बदलिँदो नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई आफू फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थिति आएको उनले लेखेका छन् ।

santosh-pariyar-rajinama-1763121630.png
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार