खाने होइन आँप ?

सोमबार, साउन ४, २०७८

अहिले बजारमा आँप छ्याप्छ्याप्ति देखिन थालेका छन् । आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ। एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ल प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा) , ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ । एउटा पाकेको १०० ग्राम आँपमा ५० देखि ८० क्यालोरी उर्जा तथा ४५०० आइयु भिटामिन ए पाइन्छ। यसका अलावा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ। सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ । 


 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार