मोहम्मद अफताब आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा

आइतबार, कात्तिक २३, २०८२

रौतहट । पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले शोक बिदा दिएको छ । रौतहट क्षेत्र न. २ का पूर्वसांसद तथा पूर्वमन्त्री आलमको निधन प्रति शोक व्यक्त गर्दै आज (आइतबार) शोक बिदा दिने उल्लेख गरेको छ ।  नगरपालिकाको कार्यलय तथा मातहतका कार्यलयमा शोक बिदा दिइएको ईशनाथ नगरपालिका अधिकृत इसराजुल खाँले जानकारी दिए । उनले नगर प्रमुखको आदेश अनुसार शोक बिदा दिएइएको उल्लेख गरेका छन् ।  नेपाली कङ्ग्रेसका नेता तथा पूर्वमन्त्री आलमको शनिबार काठमाडौँको के.एम.सी. अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आलमको मुस्लिम परम्परा अनुसार अन्त्यस्टी गरिसकेको पारिवारिक स्रोतले बताएको छ ।  आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा.फिरदोस र कान्छो डा.राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार