जेनजी शहीद विनोद महर्जनको परिवारलाई ललितपुर महानगरको ५ लाख सहयोग 

शुक्रबार, असोज २४, २०८२

ललितपुर । जेनजी प्रदर्शनमा शाहदत्त प्राप्त गरेका ललितपुर महानगर वडा नं. ७का शहीद विनोद महर्जनलाई ललितपुर महानगरपालिकाले आज शुक्रबार सहयोग रकम हस्तान्तरण गरेको छ ।  ललितपुर महानगरले शुक्रबार एक कार्यक्रम आयोजना गरी ५ लाख आर्थिक सहयोग हस्तन्तरण गरेको हो । महानगरको असोज १० गते बसेको कार्यपालिका बैठककले शहीद विनोद महर्जनको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग स्वरुप दिने निर्णय गरेको थियो । 
महानगर प्रमुख चिरीबाबु महर्जनले शहीद विनोद महर्जनको सम्मानमा आर्थिक सहयोग गरेको बताए । जेनजी आन्दोलनमा धेरै कर्मठ युवाहरुको ज्यान गएकोमा दुख व्यक्त गर्दै ललितपुर महानगरको लागि विनोदको निधनले अपुरणीय क्षति भएको बताए ।  विनोद महर्जनकी दिदी बिना महर्जनले भाइको निधन परिवारलाई मात्रै नभएर देशकै लागि अपुरणीय क्षति भएकोमा दुख व्यक्त गरिन् । उनले विनोदको सम्मान र सम्झनाका लागि शालिक निर्माण गर्न महानगरलाई अनुरोध गरिन् । आर्थिक सहयोग गरेकोमा उनले महानगरलाई  धन्यवाद दिइन् । 

564199244_754844877601867_766063757246298075_n-1760098362.jpg
 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार