बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाईते, कोल्टी अस्पतालमा उपचार हुँदै 

बुधबार, असोज २२, २०८२

बाजुरा । बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । बुधबार दिउँसो बाजुराको जगन्नाथ गाउँपालिका वडा.नम्बर १ गेडेखोलास्थित कर्णाली करिडोरमा दुर्घनामा परेको हो ।  ग्यारेजमा जिप मर्मत गरी सडकमा ल्याएर चेकजाँच गर्ने क्रममा जिप एक्कासी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देववहादुर चौतरीले बताए । उनका अनुसार स्वामिकार्तिक खापरगाउँपालिका वडा नम्बर दुई बस्ने अन्दाजी २६ वर्षका दिल बहादुर बुढाले चलाएको सु.प.प्र.०१–००१ ज १२३२ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको बताएका छन् । जिप सडकबाट करिब ७५ मिटर तल खसेको हो । दुर्घटनामा परी दुईजना घाईते भएका छन् भने चालक सकुशल रहेका छन् । घाईते हुनेमा गौमुल गाउँपालिकाका अन्दाजी १८ वर्षका सन्तोष बोहरा र वतन नखुलेका खुदिर कुमार ग्यारेजको मिस्त्री रहेका छन् । घाईते दुबै जनाको हात, खुट्टा र टाउकोमा चोट लागेको र  उपचारको लागि कोल्टी आधारभूत अस्पताल ल्याईएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार