कारागारबाट भागेका कैदीहरूको संख्या १३ हजार ५ सय ८९ जना 

मंगलबार, असोज २१, २०८२

काठमाडौं । गत भदौ २३ र २४ गते देशभरी भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारहरूबाट कैदीबन्दीहरू भागेका छन् । जसमा २०८२ असोज २० गतेको बेलुका ६ बजेसम्मको विवरण अनुसार देशभरका कारागारमा जम्मा कैदी ३० हजार ६ सय ४६ जना रहेका छन् । जसमध्ये २९ हजार २ सय २४ जना कारागारका छन् भने १ हजार ४ सय २२ जना सुधारगृहका कैदी हुन् । यसमध्ये, जेनजी आन्दोलनमा कुल १४ हजार ५ सय ५६ जना कैदी भागेका थिए ।  जसमा कारागारबाट भागेका कैदी १३ हजार ५ सय ८९ जना छन् भने सुधारगृहबाट भागेका कैदी ९ सय ६४ जना रहेका छन् ।  नभागेका कुल कैदी १५ हजार ५ सय २५ छन् भने त्यसमा कारागारका १५ हजार १ सय ६२ छन् भने सुधारगृहबाट ६ सय ६३ जना छन् । यसका साथै भागेका मध्ये कुल ८ हजार ८ सय ५१ जना कैदी फिर्ता आएका छन् । त्यसमा कारागारका ८ हजार ५ सय १० छन् भने सुधारगृहका ३ सय ४१ जना रहेका छन् ।  आउन बाँकी कुल कैदी ५ हजार ६ सय ९७ जना छन् भने यसमा कारागार तर्फ ५ हजार ७९ जना छन् भने सुधारगृह तर्फ ६ सय १८ जना छन् । यसै क्रममा १० कैदीको मृत्यु पनि भएको छ जसमध्ये ५ जना कारागारका ५ जना सुधारगृहका छन् ।  हाल कूल कैदीको संख्या २४ हजार २ सय २८ जना छन् । यसमा कारागारका २३ हजार ४ सय ३० छन् भने सुधारगृह तर्फ ७ सय ९८ जना छन् । 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार