Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

बाढी–पहिरोमा परी इलाममा मृत्यु हुनेको संख्या ३७ पुग्यो

आइतबार, असोज १९, २०८२

विराटनगर । इलाममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३७ जना पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।  हालसम्म माइजोगमाई गाउँपालिकामा ८ जना, सुर्योदय नगरपालिकामामा ५ जना, माङसेवुङ गाउँपालिकामा ३, इलाम नगरपालिका –६ मा ६ जना ,देउमाई नगरपालिकामा ८ जना, फाकफोकथुङ गाउँपालिकामा १ जना, सन्दकपुर गाउँपालिकामा ६ जना गरी जम्मा ३७ जनाको मृत्यु भएको हो ।  हालसम्म सुर्योदय नगरपालिकामामा घाइते हुनेको संख्या २ र माङसेवुङ गाउँपालिकामा ३ जना रहेको छ । 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार