इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

आइतबार, असोज १९, २०८२

काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षापछि गएको पहिरोले पुरिएर र घर बगाएर इलाममा १८ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या १८ पुगेको हो । अझै केही बेपत्ता रहेको कोशी प्रदेश प्रहरीले जनाएको छ । इलामका विभिन्न स्थानमा हिजो रातीबाट पहिरो खसेको छ ।  इलामको सूर्योदय नगरपालिका वडा नम्बर १  मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ । माङ्सेबुङ गाउँपालिका १ पाटी गाउँमा ३ जनाको मृत्यु भएको छ । देउमाई नगरपालिका ५ ढोरेमा १ जना,  देउमाई नगरपालिका ५ धुसुनेमा २ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै फाकफोकथुम गाउँपालिका रातमाटेमा १ जना, इलाम नगरपालिका घोसगाउँमा ६ जनाको मृत्यु पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै माङ्सेबुङ गाउँपालिका १ मा एक जना गर्भवती सहित २ जना गम्भीर भएपछि उनीहरूको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको  तर मौसम खराबका कारण समस्या भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार