सप्तकोसीको बहाव सतर्कता तहभन्दा माथि

आइतबार, असोज १९, २०८२

काठमाडौं । सप्तकोसी नदीले सुनसरीको चतरामा सतर्कता तह पार गरेको छ । भारी वर्षा भइरहेकाले बाढी बढिरहेको छ । बेलुकासम्म निरन्तर पानी पर्ने भएकाले बाढी र डुबान हुने क्षेत्रहरूमा बेलुकासम्मै अति उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । कोसी नदी जलाधारका र यीनका सहायक नदीहरूको बहावले सतर्कता तह पार गरेकोले बाढी र डुबान हुने क्षेत्रहरूमा बेलुकासम्मै उच्च सतर्कता अपनाउनु पर्ने विभागले बताएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  ०६:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार