ललितपुर महानगरद्धारा सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण 

शनिबार, असोज १८, २०८२

ललितपुर । ललितपुर महानगरले बाढीपहिरोजन्य विपद्का बेला प्रयोग हुने विभिन्न प्रकारका सामग्रीहरु सुरक्षा निकायलाई हस्तान्तरण गरेको छ । महानगरले शनिवार एक कार्यक्रम आयोजना गरी नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई ती सामग्री हस्तान्तरण गरेको हो । विभिन्न खालका डोरी, डुङ्गालगायतका सामग्री महानगरले हस्तान्तरण गरेको हो । देशभर शुक्रबारदेखि निरन्तर पानी परिरहेको छ । निरन्तरको वर्षाको कारण देशको विभिन्न ठाउँमा बाढी पहिरो गइरहेको छ भने धेरैजसो ठाउँ बाढी पहिरोको जोखिममा छ । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले अघिल्लो वर्ष असोज महिनाको अविरल वर्षापछिको बाढी पहिरोबाट ललितपुर महानगरले विपद् व्यवस्थापनका लागि थप सिकेको बताए । उनले भने, ‘हामीले डुङ्गालगायत थप सामग्री किन्यौं, तालिम दिएर जनशक्ति तयार बनायौँ ।’ उनले नगरबासीलाई संयमित हुन आग्रह गरे । केहीदिनदेखि अविरल परेको पानीका कारण गएको बाढीपहिरो नियन्त्रण, उद्धार र व्यवस्थापनका लागि यी सामग्रीले सहयोग गर्ने बताए ।  ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्रोतसाधन नभई  विपद्का बेला खोज र उद्धार गर्न गाह्रो हुने बताउँदै तीनवटा सुरक्षा निकायलाई खोज उद्धार सामग्री उपलब्ध गराइदिएकोमा महानगरलाई धन्यवाद दिए ।  उनले भने, ‘उद्धार र प्रकोप व्यवस्थापनलाई चुस्त बनाउन यी सामग्री उपयोगी छन्, त्यसका लागि महानगरलाई धन्यवाद ।’ नागरिकको जीवन जोगाउन सुरक्षा निकायको अनुरोध अनुसार आवश्यक सामग्रीको व्यवस्था गर्नु सह्रानीय काम भएको उनले बताए । प्राप्त सामग्रीको उचित प्रयोग गर्न र प्रयोगपछि सुरक्षित राख्न आग्रह गरे । कार्यक्रममा कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य र सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

WhatsApp-Image-2025-10-04-at-20.31.32-1759590370.jpeg
 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार