Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

बागमती र लालबकैया नदीमा जल सतह बढेपछि जोखिम 

शनिबार, असोज १८, २०८२

रौतहट । अविरल वर्षका कारण रौतहटको बागमती र लालबकैया नदीमा जल सतह बढेपछि बाढीको जोखिम बढ्न थालेको छ । यहाँको मुख्य नदी पूर्वी भागमा  बागमती  र पश्चिमी भागमा  लालबकैया नदीले साधारण जलसतह पार गरेकाले नदी किनारका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन रौतहट प्रशासनले आग्रह गरेको छ ।  आजदेखि असोज २० गतेसम्म देशभर माध्यम देखि भारी र अति भारी वर्षा हुने सम्भावना रहेको हुँदा सतर्कता अपनाउन रौतहट प्रशासनले सबैलाई अनुरोध गरेको हो । यहाँको राजदेवी नगरपालिका, दुर्गाभगवती गाउँपालिका, बौधिमाई नगरपालिका, मौलापुर नगरपालिका, राजपुर नगरपालिका र  कटहरिया नगरपालिका बाढीको उच्च जोखिममा छ ।  जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना,स्थानीय तह र स्थानीय बासिन्दाबीच समन्वय गरी उद्धारका लागि आवश्यक डुङ्गा, डोरी, जीवनरक्षक ज्याकेटलगायतका उपकरणहरू तयारी अवस्थामा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताए ।  बिपद् प्रतिकार्यका लागि सम्पुर्ण सुरक्षा निकायलाई २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन समेत दिएको उनले जानकारी दिए । उनका अनुसार वर्षाका कारण हुन सक्ने क्षति न्यूनिकरण गर्न जिल्लाका सबै स्थानीय तह, रेडक्रस, विपद् क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी संघ संस्थाहरुलाई विपद् पूर्व तयारीमा जुट्न र उद्धार वा प्रतिकार्य तयारी अवस्थामा रहन  अनुरोध गरिएको छ  ।  अहिले जिल्लामा अविरल बर्षाका कारण यातायातका साधन कमै मात्रामा चलेका छ्न भने अधिकाश  व्यापार ब्यवसाय ठप्प रहेको अवस्था छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार