सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । मनसुन सक्रिय भई व्यापक वर्षा हुने सम्भावना बढेपछि देशका विभिन्न राजमार्ग तथा सडकमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ। जल तथा मौसम विज्ञान विभागले आज असोज १७ देखि २० गतेसम्म देशव्यापी वर्षा हुने प्रक्षेपण जारी गरेको छ । ललितपुर प्रशासनले गर्यो चोभार गल्छीको निरीक्षण
अति भारीसम्म वर्षा हुने प्रक्षेपण गरिएपछि ललितपुर प्रशासनले उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरिक्षण गरेको छ । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतदेखि २० गतेसम्म मनसुनी वायुको प्रभावले भारीबर्षा हुने प्रक्षेपण गरेपछि ललितपुर प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका सुरक्षा प्रमुखहरुले चोभार गल्छीको निरिक्षण गरेको हो । नख्खु खोला, बागमती खोला चोभार गल्छी भएर निकास निस्कने क्रममा आसपासका क्षेत्रमा पार्न सक्ने असर र जनधनको सुरक्षा गर्नका लागि निरक्षण गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । उनले चोभार गल्छी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरे । तीन दिनसम्म कान्ति लोकपथमा बेलुका ४ देखि बिहान ६ बजेसम्म आवतजावतमा बन्द गरिएको उनले जानकारी दिए । जिल्लाको बागमती गाँउपिालका लगायत दक्षिणी भूभागमा बाढि पहिरोको खतरा रहेकाले जोखिमयुक्त स्थानभन्दा अलि टाढा अस्थायी बसोबासको व्यवस्था मिलाउन सम्बन्धित पालिकालाई पत्राचार गरिसकेको ललितपुर प्रशासनले जनाएको छ । प्राकृतिक बिपद् न्यूनिकरणका लागि आवश्यक सवै सुरक्षा तयारी गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । यस्तै काभ्रे जिल्ला प्रशासनले बीपी राजमार्ग (काभ्रे भञ्ज्याङ–भकुण्डेबेँसी–सिन्धुली सडकखण्ड) मा हिजै असोज १६ गते रातिदेखि असोज २१ गते मंगलबारसम्म (साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म) का लागि गाडी चलाउन रोक लगाइसकेकेको छ। यसैगरी हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा पनि आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते अपराह्न ४ बजेदेखि बिहान ६ बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौँ सडकमा साँज ५ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएका हुन् । उता मनाङ–लमजुङ सडकमा पनि राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। ठूलो वर्षा भएमा जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालद्वारा जारी सूचनामा बेलुका ६ः३० देखि बिहान ७ बजेसम्म मनाङ–लमजुङ सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ।