सोसल मिडिया
Contact Us
युनिकोड
महोत्तरी । महोत्तरीको हरिपुवा नगरपालिका–१, हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एकै परिवारका चारजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार मृतकहरूमा सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् । घटनापछि स्थानीयले उनीहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएका थिए । तर अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले चारै जनालाई मृत घोषणा गरेको हो ।