तुइनखोला पुल नजिकैको पहिरो पन्छाएर यातायात आवागमन सञ्चालनमा

मंगलबार, असोज १४, २०८२

काठमाडौं । दशैं मान्न थातथलो जाने तरखरमा रहेका यात्रुलाई मंगलबार साँझ तुइन खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको समाचारले चिन्ता थप्यो । सडक डिभिजन कार्यालय भरतपुरको सक्रियताले यात्रुको चिन्तालाई राति नै समाधान निकालिसकेको छ । साढे ७ बजेतिर सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोला नजिकैको पहिरो पन्छाएर यातायात पुनः सञ्चालन आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार राति ८ः३० बजेदेखि नै यातायात सञ्चालनमा आइसकेको छ । तुइनखोला पुलनजिकै पहिरो खसेपछि सडक डिभिजन भरतपुरको टोली सडक खुलाउन मेसिनसहित गएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार