Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

तुइनखोलामा फेरि खस्यो पहिरो, दुईतर्फी नै सडक अवरुद्ध

मंगलबार, असोज १४, २०८२

काठमाडौं ।  नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवन जिल्लाको तुइन खोलामा फेरि पहिरो खसेको छ । पहिरोका कारण यो सडक खण्डमा दुवैतर्फको यातायात अवरुद्ध भएको छ ।  सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार आज साँझ ७ः३० बजे पहिरो झरेको हो ।  मुग्लिन क्षेत्रमा पानी परिरहेका कारण पहिरो खसेको सडक डिभिजन कार्यालयले जनाएको छ ।  सडक दुवैतर्फ अवरुद्ध रहेका कारण सवारीको जाम लागेको छ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार