सोसल मिडिया
Contact Us
युनिकोड
बाजुरा । बाजुरामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं ६ स्थित खोलामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको हो । मृत फेला पर्नेमा बुढिगङ्गा नगरपालिका वडा नम्बर ५ निमनी बस्ने वीर बहादुर थापाकी ४५ बर्षकी श्रीमती ईश्वरी थापा रहेकी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले जानकारी दिए । उनका अनुसार, कालापानीको झुलङ्गे पुल नजिकै उनको शव फेला परेको हो । प्रहरीको टोली करिब पाँच बजे घटनास्थलमा पुगि ७ बजेतिर उक्त शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । शव पार्टमार्टमको लागि बाजुरा अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।