सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पहिरोका कारण आज (सोमबार) दिनभर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । तुईन खोला पुल नजिकै गएको पहिरो साँझ ६ बजे पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरोका कारण मध्याह्न १२ बजेदेखि दुवैतर्फ सडक बन्द भएको थियो । उक्त सडकखण्डमा पटक पटक पहिरो गइरहेका कारण एक हप्ताअघि देखि यातायात सञ्चालन नियमित हुन सकिरहेको छैन ।