सोसल मिडिया
Contact Us
युनिकोड
रामेछाप । असोज १३ गते काठमाडौंबाट सिन्धुलीको गोलन्जोरतर्फ आइरहेको बोलेरो जीप सुनकोशी नदीमा खस्दा १३ जना घाइते भएका छन् । बा २० च ९३१ नम्बरको बोलेरो खुर्कोट नजिकै सडकबाट अनियन्त्रित भई सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीहरूले तत्काल उद्धार गरी घाइतेहरूलाई खुर्काेटको सामुदायिक अस्पताल र सुनकोशी अस्पतामा पुर्याएका थिए । उनीहरुको उपचार जारी छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूको विवरण यसप्रकार छ : १) मालती खुलाल, २०, गोलन्जोर–४ – छाती र ढाडमा चोट (अवस्था सामान्य) २) भोजबहादुर थापा मगर, १७ – निधार, आँखा र टाउकोमा चोट (अवस्था मध्यम) ३) प्रेम मगर, २३ – टाउकोमा चोट (अवस्था गम्भीर) ४) जम्पा खुलाल मगर, २२ – निधारमा चोट (अवस्था सामान्य) ५) सुसन मगर, ११ – निधारमा चोट (अवस्था मध्यम) ६) केदार थापा मगर – छातीमा चोट (अवस्था मध्यम) ७) रोजिना थापा मगर, २० – छातीमा चोट (अवस्था मध्यम) ८) ज्ञानेन्द्र मगर, २२ – टाउको र छातीमा चोट (अवस्था सामान्य) ९) तारा बहादुर खुलाल, ३५ – नाक, बायाँ कम्मर र छातीमा चोट (अवस्था मध्यम) १०) नितेश मगर, ८ – सामान्य चोट (अवस्था सामान्य) ११) रोश्मी मगर, २२ – सामान्य चोट (अवस्था सामान्य) १२) ओम आले मगर, २५ – छाती र ढाडमा चोट (अवस्था सामान्य) १३) ओमबहादुर राना, २६ (चालक) – दुबै खुट्टाको घुँडामा चोट (अवस्था सामान्य)