सोसल मिडिया
Contact Us
युनिकोड
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशसभा संसदीय दलका उपनेता र सचेतकलाई हटाएका छन् । नेकपा वाग्मती प्रदेशका संसदीय दलका नेतासमेत रहेका पौडेलले उपनेता–सचेतकसहित ३० जना प्रदेशसभा सदस्यलाई प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिएको बारे स्पष्टीकरणसमेत मागेका छन् । मुख्यमन्त्री पौडेलले आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै उपनेता शालिकराम जम्मकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेका हुन् । उनीहरुलाई दलको विधानविपरीत कार्य गरेकाले नेता द्वयलाई कारवाही र स्पष्टीकरण माग गरिएको हो । ‘नेकपाको विधानको दफा १४ बमोजिम संसदीय दलको नेतालाई आवश्यक सहयोग गर्नुपर्नेमा तोकिएको कर्तव्य नगरेको तथा आफ्नै दलको सरकारलाई असहयोग गर्दै अविश्वासको प्रस्तावसमेत दर्ता गरेकाले उहाँहरुलाई पदमुक्त गरिएको हो’, मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।