Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

तुइन खोलामा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

सोमबार, असोज १३, २०८२

काठमाडौं । सुक्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पु्नः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका– ५ स्थित तुइन खोला नजिकै सुख्खा पहिरो जाँदा आज दिउँसोबाट दुईतर्फी सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । गत शुक्रबार साँझ खसेको पहिरो हटाएपछि तीन दिनपश्चात यातायात सुचारु भएको थियो । तर कार्यालयका अनुसार पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट पहिरो हटाउने कार्य सुचारू हुने जनाइएको छ ।  पहिरो अवधिभरि रोकिएका सवारीसाधनहरू लेन अनुशासनको पालना गरि सावधानीपूर्वक रहन कार्यालयले अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार