सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर । सुनसरी र मोरङ जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ठूलो परिमाणमा लागू औषध बरामद भएको छ भने दुई जना पक्राउ परेका छन् । सुनसरीको धरान–४ मा बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर एक्ष्त्, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले प्लास्टिकको बोरामा प्याक गरिएको २ सय ७५ किलोग्राम गाँजा सहित धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय बिबसन राईलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी, कोशी गाउँपालिका–५ मा अस्थायी प्रहरी चौकी कटानले बेवारिसे अवस्थामा राखिएको ४७ किलोग्राम गाँजा बरामद गरेको छ । यसैबीच, भोक्राहानरसिंह गाउँपालिका–२ मा प्रहरी चौकी भोक्राहाले सञ्चालन गरेको चेकजाँचमा ६८६ पत्ता (६ हजार ८ सय ६० क्याप्सुल) ट्रामाडोल बरामद भएको छ । मोरङतर्फ, विराटनगर–११ मा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले उदयपुर चौदण्डीगढी गाउँपालिका–४ की २१ वर्षीया इसिका मगरलाई ट्रामाडोल ४२ क्याप्सुल र डिकोलिक ६ पिस सहित पक्राउ गरेको छ ।