Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

सामाजिक ऐक्यबद्धता कायम गरी चाडबाड मनाउन प्रशासन बाजुराको आग्रह

सोमबार, असोज १३, २०८२

बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुराले नेपालीहरूको महान चाड बिजयादशमी तथा शुभदिपावली जस्ता चाडबाडहरूमा सामाजिक ऐक्यबद्धता कायम गरी मनाउन आग्रह गरेको छ ।  प्रशासनले एक सूचना मार्फत सम्पूर्ण जिल्लाबासीहरूलाई शुभकामना व्यक्त गर्दै कुनै पनि सामाजिक खलल नपुग्ने गरी चाडबाड मनाउन आग्रह गरेको हो । चाडपर्व साँस्कृतिक परम्परा, आपसी सद्भाव र एकता झल्काउने मौलिक धरोहर भएकोले यिनलाई सभ्य र सौहार्दपूर्ण तरिकाले जिल्लाबासीहरूले मनाउन आवश्यक रहेको प्रशासन बाजुराले जनाएको छ ।  साथै व्यापारीहरूलाई दैनिक उपभोग्य अनावश्यक वस्तुमा कृतिम अभाव सिर्जना गर्ने, कालोबजारी, मूल्यबृद्धि, म्याद नाघेका वस्तु बिक्रीवितरण नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।  प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले चाडपर्वलाई सभ्य र सु–संस्कृत तरिकाले मनाउन आग्रह गरेका हुन् । चाडपर्वको बाहानामा धार्मिक, जातिय वा सामाजिक सद्भावमा खलल पुन्ने कुनै पनि गतिविधि नगर्न–नगराउँन उनले आग्रह गरेका हुन् । साथै चाडपर्व मनाउने बहानामा मादक पदार्थ सेवन, सार्वजनिक स्थलमा अनावश्यक हो–हल्ला, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न तथा तोकिएको भन्दा बढि भाडा नलिन र ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन् । मनसुनका कारण बिग्रे भत्केका सडकमा यात्रा गर्दा सुरक्षा सतर्कता अपनाउने, भिडभाडजन्य गतिविधि समाजमा अशान्ति एवम् अशोभनीय क्रियाकलाप लगायतका कार्य नगर्न प्रशासनले आग्रह गरेको छ । उल्लेखित सूचनाको विपरीत कोही कसैले क्रियाकलाप गरेको पाइए प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रशासन बाजुराले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार