बाजुरामा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन

शनिबार, असोज ११, २०८२

बाजुरा ।  बाजुरामा नेपालीहरुको महान चाड विजयादशमी तथा शुभ दिपावली जस्ता चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन गरिएको छ । बाजुराको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा सञ्चालित दैनिक उपभोग्य सामाग्री पसलहरूको अनुगमन गरेको हो । चाडपर्वमा दैनिक उपभोग्य सामाग्रीहरूको कसरी बिक्री वितरण भईरहेको भन्ने बिषयमा बजार अनुगमन गरिएको बडिमालिका नगरपालिकाकी उप–प्रमुख तथा अनुगमन संयोजक नन्दा थापाले जनाएकी छन् ।  उनका अनुसार पसलहरू नगरपालिकाको मापदण्ड अनुसार सञ्चालन भएका छन् कि छैनन्, भन्ने जाँचबुझ गर्न  दैनिक उपभोग्य सामाग्री बिक्री वितरण भईरहेका पसलहरूको अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा पसलहरू दर्ता भए नभएको, दर्ता भए हाल सम्म कर तिरेको वा नतिरेको र दैनिक उपभोग्य बस्तुहरूको मितिलगायत मापदण्ड बनाएर बजार अनुगमन गरिएको उप–प्रमुख थापाले बताएकी छन् । नगरपालिकाले पटक पटक अनुगमन गरेको भए पनी केही व्यापारीहरूले अटेर गर्ने गरेकोले यसपछि पनी त्यस्तो गरेमा उपभोक्ता हक ऐन अन्तरगत कारवाही गरिने बडीमालिका नगरपालिकाले जनाएको छ । साथै चाडपर्वमा मनोमानी मूल्य बृद्धि, कालोबजारीलगायतका कार्य गर्ने गरिएको जनगुनासो पछि बजार अनुगमन गरी अबदेखि यस्ता कार्य नगर्न आग्रह गरिएको छ । अनुगमनका क्रममा अखाद्य बस्तुहरू समेत नष्ट गरिएको छ । 
मार्तडी बजारमा कतिपय पसलहरू बिना दर्ता सञ्चालनमा रहेका छन् भने पसल व्यवसायीहरूले मनोमानी मूल्य लिने गरेका छन् । यता नगरपालिकाले नगरपालिकाको नीति अनुसार यस क्षेत्रमा रहेका व्यापार व्यवसाय संघ संस्थाहरूलाई अनिवार्य नगरपालिकामा दर्ता तथा नविकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।  अनुगमनमा नगरपालिकाकी उप–प्रमुख तथा अनुगमन संयोजक नन्दा थापा, प्रशासन कार्यालय बाजुराका प्रतिनिधि, घरेलु तथा साना उद्योग विकास समितिका प्रतिनिधीलगायत जिल्ला स्थित विभिन्न संचारमाध्यायममा कार्यरत पत्रकारहरूको सहभािगता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार