जेनजी आन्दोलनका शहीद ललितपुरका शहीद विनोदको परिवारलाई महानगरको आर्थिक सहयोग 

शनिबार, असोज ११, २०८२

ललितपुर । ललितपुर महानगरपालिकाले जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर मृत्युवरण गरेका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । ललितपुर महानगरको कार्यपालिका बैठकले शहीद महर्जनको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । विनोद महर्जन महानगर वडा नं. ७ का बासिन्दा हुन् ।  ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर छिट्टै एउटा कार्यक्रम राखेर सहयोग रकम परिवारलाई हस्तान्तरण गर्ने जानकारी दिए । भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने माग राखेर जेनजीले गत भदौ २३ र २४ गते गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर विनोदको निधन भएको हो ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार