सोसल मिडिया
Contact Us
युनिकोड
सल्यान । सल्यान जिल्ला सदरमुकामस्थित शारदा नगरपालिकाले जिल्लामा पहिलो पटक नगर बस सञ्चालनमा ल्याएको छ । शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले शुक्रबार श्रीनगर स्थित बसपार्कमा नगरबस सेवाको शुभारम्भ गरे । नेपालीहरूको महान पर्व वडादशैमा पूजाआजा गर्न खैरावाङ भगवती मन्दिरसम्म पुग्न भक्तजनलाई लक्षित गरी शुक्रबारबाट श्रीनगरदेखि खैरावाङसम्म नगरबस सञ्चालन गरिएको शारदा नगरपालिकाले जानकारी दिएको छ । मन्दिरसम्म पुग्ने भक्तजनको भिड र यातायातको सहजताका लागि श्रीनगर खैराबाङ नगरबस सञ्चालनमा ल्याइएको नगर प्रवक्ता राजेश कुमार शर्माले बताए । पहिलो चरणमा दशै पश्चात श्रीनगरदेखि सदरमुकाम खलंगा नगरबस सञ्चालन गरिने मेयर प्रकाश भण्डारीको भनाई छ । नगरबस नियमित रुपमा चलाएर जनतालाई सेवा दिनु आफ्नो पहिलो कर्तव्य भएको उनको भनाई छ । उनले भने वडादशै अवधिभर न्यूनतम भाडादर रु ५० मा श्रीनगरदेखि खैरावाङ मन्दिरसम्मको निर्धारण गरिएको छ । नगरपालिकाले बस खरिद गरी ग्रामीण र दुगर्म क्षेत्रका नागरिकलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको उनको भनाई छ । दशैमा मन्दिरसम्म पुग्न महंगोमा अन्य सवारी साधन प्रयोग गर्नु पर्ने बाध्यतामा नगरपालिकाले सस्तो दरमा नै मन्दिरसम्म पुग्न बस सञ्चालन गरेकोमा निकै खुशी लागेको स्थानीयको भनाई रहेको छ ।