सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निवर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई मातृशोक परेको छ । लेखककी ८९ वर्षीया आमा शारदा लेखकको बिहीवार साँझ ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको स्वकीय सचिव जनक भट्टले बताए । उनी दमलगायत रोगबाट पीडित थिइन् । उनको निवासमा आगजनी भएका दिन उनी घरभित्रै थिइन् भने उनलाई आन्दोलनकारीले बाहिर निकालेका थिए ।