सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा.रामेश्वर खनालले कत्ति पनि गल्ती नगरी ६ महिना भित्र जेनजी पुस्ताले विश्वासले सुम्पिएको आफ्नो दायित्व निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अर्थमन्त्रीमा नियुक्त भएपछि खनाल सेवा समितिले आज बधाई तथा शुभकामना दिन गरेको संक्षिप्त कार्यक्रममा खनालले भने, 'खनाल बन्धुको एक जना मान्छेले पछिल्लो पुस्ताले पनि सम्झिने गरी काम गर्नेछु ।' 'विश्वभरका जेनजीका युवाहरूले अर्थमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल गरी भोटिङ गर्नु भएको रहेछ । भोटिङमा विश्वभरीबाट ६० प्रतिशत भोट मेरो नाउमा आएको रहेछ', उनले भने, 'प्रधानमन्त्रीले पनि जिम्मेवारी लिनुपर्ने अवस्था आइपुग्यो खनालजी तपाई नआइ भएन भनेर भन्नुभयो । अनि मात्रै गएको हुँ ।'
अर्थमन्त्री खनालको सम्बोधन मेरो हार्दिक नमस्कार । खनाल बन्धुहरूले यति माया गर्नुहुन्छ भन्ने सोचेको थिइन । टोकनका रुपमा दुई-चार मात्रै आएर खनाल कुलको इज्जत राखिदिनु भयो भनेर सन्देश दिने कार्यक्रम होला भन्ने बुझेको थिँए । म यो गएको पाँच-सात दिन यता एक दम व्यस्त नै भए बिहान साढे ७-८ बजे तिर निस्किन्थ्ये, राति ८- ९ बजे तिर फर्कन्थे । मुलुकको अवस्था पनि त्यस्तै छ । यो जिम्मेवारी मलाई विश्व भरीका जेनजीका युवाहरूले अर्थमन्त्री कसलाई बनाउने भन्ने, छलफल गरेका थिए । त्यही एउटा ठाउँ हो जहाँबाट दुरुपयोग नियन्त्रण गर्न सकिन्छ, सदाचार प्रवद्र्धन गर्न सकिन्छ । दुरुपयोग जहाँ पैसा छ त्यहिँबटै हुने भने भनेर उनीहरुले भोटिङ गर्नु भएको रहेछ । भोटिङ गर्ने क्रममा विश्वभरीबाट ६० प्रतिशत भोट मेरो नाउमा आएको रहेछ । प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने अवस्था आइपुग्यो खनालजी तपाई नआइ भएन भनेर भन्नुभयो ।
मैले धेरै पदहरू ग्रहण गरे । एउटै व्यक्तिले पटक पदक कति पद ग्रहण गर्ने भनेर भनेर भने । मैले नेपाल सरकारको सचिव पदबाट राजीनामा दिएर हिँडेको तपाईंहरुलाई थाहा नै छ । महेश आचार्य अर्थमन्त्री भएका बेला तपाई नआइ नहुने भो भनेर भनेपछि म चुरोको अध्यक्ष भए । बाबुराम म सँग किन प्रभावित हुनु भो मलाई थाहा छैन हाम्रो राजनीति दर्शन पनि एउटै होइन, उहाँको स्ट्रिम्म साम्यवाद, मेरो चाहिँ प्रत्येक मान्छेको क्षमता सामथ्र्य हुन्छ, अवसर दियो भने जसले पनि ड्राइभ गर्न सक्छ भन्ने हो, अवसर दिने खालको समाज हुनुपर्छ त्यो भनेका खुलापन हो, त्यो भनेको उदारवाद हो भनेर त्यहाँ बहस चलिरहन्थ्यो । उहाँले तपाईकै धारण ठिक रहेछ भनेर आर्थिक सल्लाहकार बनाउनुभयो । दुई पटक न नचाहँदा नचाहँदै पनि पदमा गएका हुँ । उमेरकै कारणले पनि पदमा जान्न भनेको थिए, जेनजीले विश्वास गरेको मुलुकको विशिष्ठ परिस्थिति भएको हुनोले जेनजीले सुम्पिएको नासो सुम्पिएको हुनाले तपाई त जिम्मेवारीमा आउनु पर्यो नि भन्ने भएपछि जिम्मेवारीमा गएको हुँ । यहाँहरुको समर्थन, विश्वास छ त्यो विश्वार समर्थनमा कत्ति पनि नडकीकन जानेर पनि नजानेर पनि कत्ति पनि गल्ती नगरीकन ६ महिना भित्र आफ्नो दायित्व निर्वाह गर्नेछु । खनालको एक जना मान्छेले पछिल्लो पुस्ताले पनि सम्झिने गरी काम गर्नेछु ।
खनाल सेवा समितिको बधाई तथा शुभकामना पत्र कुलका गौरव, सच्च राष्ट सेवक पूर्वअर्थसचिव तपाईले पदीयमर्यादा अनुरुप कर्तव्यनिष्ट भई जिम्मेवारी निर्वाह गर्ने क्रममा कसैबाट कुनै पनि प्रकारको लोभ लालचा, भय त्रासको पर्वाह नगरी गरिमामय पदबाट राजीनामा दिएर स्वतन्त्र छवि कायम राख्न सफल हुने भएको तथ्य जग जाहेर छ । तपाईको इमान्दारिता र कर्तव्यबोधको कदर गर्दै यस खनाल सेवा समितिबाट सम्मानित विशिष्ट प्रतिमा हुनु भएको छ । हाल जेनजी पुस्ताको प्रदर्शनबाट उत्पन्न संक्रमणकालीन अवस्थाको विषय परिस्थितिमा तपाई नेपालको माननीय अर्थमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफलताको लागि शुभकामना व्यक्त गर्दछौं । देशको आर्थिक दुरावस्था, लुटपाट आगजनीले ध्वस्त भौतिक संरचनाको पुननिर्माण, देशको मेरुदण्ड अत्यन्त कमजोर अर्थतन्त्रलाई लयमा ल्याएर चलायमान बनाउनु पर्ने जस्ता जल्दाबल्दा चुनौतीहरुको सामना गर्न यहाँको विज्ञता, धैयता र सुझबुझले सफलता हासिल गर्न सम्बल प्राप्त होओस, हाम्रो हार्दिक शुभाकाङक्षा ।