सोसल मिडिया
Contact Us
युनिकोड
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा गएको पहिरो अझै हटाउन सकिएको छैन् । आइतबार बिहानैदेखि डिभिजन सडक कार्यालय भरतपुरको ३ वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ । तर अहिलेसम्मपनि पहिरो हटाएर सडक खुलाउन सकिएको छैन् । माथिबाट पुनः पहिरो खसिरहेको कारणले गर्दा पनि पहिरो पन्छाउन थप चुनौती भएको हो । शुक्रबार बेलुका साढे छ बजेदेखि पहिरोको कारण सडक खण्ड बन्द भएको थियो । बाटो बन्द हुँर्दा यात्रुहरू गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन् । यस सडक खण्ड भएर गुड्ने सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।