जुम्लाको हिमा गाउँपालिकाका जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा

शुक्रबार, असोज ३, २०८२

सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाले जेन–जी पुस्ताको आन्दोलनबाट भएको क्षतिको पुननिर्माणका लागि साढे ११ लाख रुपैयाँ राष्ट्रिय पुनःनिर्माण कोषमा जम्मा गर्ने भएको छ ।  गाउँ कार्यपालिकाको बैठकले मुलुकको पुनःनिर्माणमा पालिकाको योगदान गर्न उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । बैठकले गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूको तलब भत्ताबाट योगदान संकलन गर्ने निर्णय लिएको हो । गाउँपालिकाका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको तीन (३) दिनको तलब बराबर र जनप्रतिनिधिहरूको छ (६) दिनको तलबभत्ता बराबरको रकम कट्टा गरी ११ लाख ४३ हजार २९७ रुपैयाँ जम्मा कोषमा जम्मा गरिनेछ । जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको पुनःनिर्माणमा सहयोग पुर्‍याउन गाउँपालिकाको तर्फबाट रकम जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए । ‘सहानुभुति र सहयोगका भावनाबाट प्रेरित भई, गाउँपालिकाको परिवारले साझा जिम्मेवारी स्वरूप यो योगदान दिएको छ’ उनले  भने । जनताको मर्म बुझ्ने, जनताका सुख–दुखमा साथ दिने र समाधानमुखी प्रशासनिक व्यवस्था स्थापनाका लागि गरिएको प्रतिबद्धता अनुरुप पुर्ननिर्माणमा सहभागि हुने निर्णय गरिएको शाहीले बताए । बैठकले मृतकलाई श्रद्धाञ्जली र परिवारमा समेवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार