सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले बिहीबार काठमाडौंमा आयोजित महिला सरकारी वकील सम्मेलनमा सहभागी भइन । सम्मेलनमा उनले पेसागत यात्राका चुनौतीबारे व्यक्तिगत अनुभूति सार्वजनिक गरेकी छन् । ‘विवाह गरेँ, श्रीमती भएँ, कहिल्यै ग्लानी भएन,’ उनले भनिन्, ‘तर यो पेसामा आउँदा भने पटक–पटक आत्मग्लानी भएको छ । तर हामी आत्तिनु हुँदैन, म यो ठाउँमा पुग्न धेरै संघर्ष पार गरेर आइपुगेकी हुँ ।’ भण्डारीले महिलाको नेतृत्वले हासिल गरेको वर्तमान अवस्थालाई सकारात्मक परिवर्तनको संकेतको रूपमा लिँदै सबैलाई आशावादी बन्न आग्रह गरिन् । ‘अब हामी आएका छौं । प्रधानन्यायाधीश महिला पाएका छौं, राष्ट्रपति महिला पाएका छौं, सभामुख महिला पाएका छौं, महान्यायाधिवक्ता पनि महिला पाएका छा ैं। यसमा हामी खुसी हुनुपर्छ,’ उनले भनिन् । महान्यायाधिवक्ता भण्डारीले सरकारी वकिल सेवा र न्यायिक इतिहासको सन्दर्भमा २००८ सालमा पहिलो महान्यायाधिवक्ताको नियुक्तिदेखि सुरु भएको यात्रालाई स्मरण गर्दै उक्त सेवा सरकारको हकहितको संरक्षणमा महत्वपूर्ण रहँदै आएको बताइन् । ‘आज हामी एउटा ऐतिहासिक क्षणको साक्षी बनेका छौं । विं.स. २००८ सालमा पहिलो महान्यायाधिवक्ताको नियुक्तसँगै सुरु भएको यात्रा सात दशक लामो संस्थागत विकास र सरकारको हकहितको संरक्षणमा सरकारी वकिलले निर्वाह गरेको गौरवशाली योगदानलाई स्मरण गर्दै नयाँ ऊर्जा र आशाको सञ्चार गरेको छ,’ उनले भनिन् । कार्यक्रममा महिला सरकारी वकिलहरूको सशक्तिकरण, न्यायिक प्रणालीमा लैङ्गिक समानता, र नेतृत्व विकासका विविध पक्षमा छलफल भएको थियो ।