आज राष्ट्रिय शोक मनाइँदै, देशभर सार्वजनिक बिदा

बुधबार, असोज १, २०८२

काठमाडौं ।  ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप आज राष्ट्रिय शोक मनाइँदैछ । राष्ट्रिय शोक मनाउन आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गते सार्वजनिक बिदा घोषणा गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन् । गृहको विज्ञप्तिमा भनिएको छ, ‘यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

Home-1758076136.jpg
 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार