सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भदौ २३ गतेको जेनजी आन्दोलनमा मृत्यु भएका सीरन किशोर श्रेष्ठको आज अन्त्येष्टि गरिएको छ । मृत्यु भएको सात दिनपछि आज सोमबार बल्ल श्रेष्ठको अन्त्येष्टि गरिएको हो । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । सोही क्रममा उनका बुबा बसन्त किशोर श्रेष्ठले देशलाई अन्याय र भ्रष्ट्रचारमुक्त बनाउनका लागि विद्रोहीको रुपमा गएको परिणाम आफूहरूले भोग्नु परेको बताए । उनले भने, ‘देशलाई अन्याय र भ्रष्ट्राचारमुक्त बनाउनको लागि मेरो छोरा पनि आन्दोलनमा गएको थियो । उसलाई छातिमा दुई वटा गोली लागेको थियो । उसलाई सिभिल अस्पतालमा लगेको थियो । त्यहाँबाट केएमसि लगियो, त्यहाँ लगेको केही मिनेटमा नै उसको मृत्यु भयो । बुढि बालबच्चा भएको मान्छे हो ।’