सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका शहीदहरूको भोलि (मंगलबार) बिहान ७ बजे शव यात्रा गर्ने तयारी गरिएको छ । भदौ २३ गते मृत्यु भएका कति शहीदहरूको अन्त्येष्टि भइसकेको छ भने कतिको हुन बाँकी छ । बाँकी रहेका शवहरूलाई भोलि शव यात्रा गरेर अन्त्येष्टि गर्ने तयारी गरिएको हो । टिचिङ् अस्पतालबाट भोलि बिहान ७ बजे शव यात्रा सुरु गरेर चक्रपथ परिक्रमा गराउने कार्यक्रम तय भएको एक मृतकका परिवार कमल सुवेदीले जानकारी दिएका छन् । उनले काठमाडौं बाहिर जाने शवहरूलाई आर्मिको हेलिकप्टरको पनि व्यवस्था गरिएको पनि जानकारी दिएका छन् । अन्त्येष्टि गरिसकेका परिवारहरूले पनि मृतकको फोटो र ब्यानर बोकेर यात्रामा आउन सक्ने पनि वयवस्था गरिएको छ ।