सोसल मिडिया
Contact Us
युनिकोड
मुगु । जुम्लाको तातोपानी गाउँपालिका वडा नं. २, ४ र ६ का १४ जना स्थानीयलाई आइतबार एउटै कुकुरले टोकेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । कुकुरको टोकाइबाट घाइते भएका १४ जना मध्ये वडा नंं. २ का ५ जना (नरेन्द्र केसी, सर्केनी बुढा, धने रोकाया, मयालु रोकाया, गोरे सार्की) घाईते भएका छन् । त्यस्तै वडा नं. ४ का ७ जना (सभ्यता हमाल, बिजकन्या न्यौपाने, लटे कामी, मन्नु न्यौपाने, संगिता समिक्षा विक र सुर्दशन विक) घाइते छन् भने वडा नं. ५ की मेनका नेपाली र वडा नंं ६ की सरिता कामी गरी चार वडाका १४ जना घाइते भएको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाईले जानकारी दिए । रेविज लागेको कुकुरले टोकेको ७२ घण्टा भित्र अनिवार्य रुपमा लगाउनु पर्ने ‘एमिनो ग्लोबिन’ औषधि जुम्लामा छैन् । एन्टी रेविज भ्याक्सिन जिल्लामा केही मात्रामा भए पनि एमिनो ग्लोबिन नामक औषधि जुम्लामा नभएपछि कालिकोटबाट मगाइएको स्वास्थ्य शाखा प्रमुख चौलागाईले कर्णाली मिसनलाई जानकारी गराएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर कमल थानीको समन्वय तथा तातोपानी गाउँपालिकाको लगानीमा एमिनो ग्लोबिन औषधि जुम्ला ल्याउन लागिएको हो । तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले घाईते स्थानीको उपचारका लागि पालिकाले कुनै पनि हालतमा उक्त भ्याक्सिन ल्याएर लगाउन अनुरोध गरेपछि ३२ डोज एमिनो ग्लोविन कालिकोटबाट ल्याउन लागिएको हो । ३२ डोजका लागि आवश्यक पर्ने ३२ हजार रुपैयाँ तातोपानी गाउँपालिकाले व्यहोर्नेछ । प्रति डोजको एक हजारका दरले ३२ हजारको ३२ डोज एमिनो ग्लोबिन कालिकोटबाट ल्याईदै छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डाक्टर कमल थानीले घाइते सबैलाई एन्टी रेविज खोप लगाइ सकिएको बताएका छन् । उनले भने,‘एमिनो ग्लोबिन औषधि जुम्ला र नेपालगन्जमा पनि भेटिएनन् । कालिकोट भएकाले समन्वय गरेर ल्याउँदै छौ । ७२ घण्टा भित्र उक्त औषधि दिनैपर्छ । अहिले घाउमा टाका पनि लगाउन मिल्दैन् । कम्तीमा एक हप्तासम्म भर्ना गरेर उपचार गर्नु पर्छ । अहिले घाइतेहरू अस्पतालमा भर्ना गरी उपचार गराइरहेका छन् ।’ यता, तातोपानी गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्रमान बुढाले १४ जनालाई टोक्ने कुकरलाई नियन्त्रण लिएको जानकारी दिएका छन् ।