नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै

आइतबार, भदौ २९, २०८२

काठमाडौँ । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले आज बिहान ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।   गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने गरी पदभार ग्रहणको तयारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेपछि प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा बसिरहेकी छिन् । 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ०७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार