नख्खु कारागार फर्किए रास्वपा सभापति रवि लामिछाने 

शनिबार, भदौ २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन् । उनले कारागार प्रशासन समक्ष थप सुरक्षा व्यवस्था माग गरेको बताइएको छ । पाँच दिनअघि कारागारबाट निस्किएका रवि आज आफैँ फर्किएका हुन् । उनले सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् । कारागार प्रहरीले सुरुमा आनाकानी गरे पनि अहिले थप सुरक्षा व्यवस्थासहित उनलाई राख्ने पहल भएको छ । नख्खु कारागार सशस्त्र प्रहरीको सुरक्षा नियन्त्रणमा छ । रविले अहिलेको परिस्थितिमा सुरक्षा व्यवस्था अपर्याप्त भएको बताएका थिए । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रविको मागबारे कारागार सुरक्षामा तैनाथ सशस्त्र प्रहरीलाई पत्र लेखेर प्रहरीले ध्यानाकर्षण गराएको बताए । उनले भने, ‘आइसकेपछि फर्काउने कुरा हुँदैन । उहाँको मागलाई लिएर सशस्त्र प्रहरीमा ध्यानाकर्षण गराइएको छ ।’ अहिले रवि लामिछानेसँगै कारागारभित्र पत्नी निकिता पौडेल, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल लगायत प्रहरी–प्रशासनसँग सम्वादमा छन् । रवि करिब ५ बजे कारागार पुगेका थिए । कारागारमा अन्य कैदीहरु पनि धमाधम फर्किरहेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार