सुशीला कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव

शनिबार, भदौ २८, २०८२

काठमाडौं । प्रथम महिला प्रधानमन्त्रीका रुपमा श्रीमती सुशीला कार्की नियुक्त भएकोमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा सङ्घीयता, लोकतन्त्र र गणतन्त्रका उपलब्धिको रक्षा गर्दै विधिको शासन स्थापित हुने विश्वास व्यक्त गरेका छन् । साथै नेता यादवले आर्थिक, सामाजिक र राजनीतिक रूपमा सीमान्तकृत समुदायले न्याय पाउने विश्वास व्यक्त गरेका छन् । ‘मुलुकको विषम् परिस्थिमा आवश्यकताको सिद्धान्त (Doctrine of necessity) का आधारमा राष्ट्रपतिद्वारा प्रधानमन्त्री नियुक्त हुनु भाएकोमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना दिन चाहन्छु । सङघीयता, लोकतन्त्र, गणतन्त्र लगायत उप्लब्धिहरूको रक्षाका साथै संविधान र संविधानवादको सिद्धान्त र विधिको शासन स्थापित गर्न यहाँको अत्यन्त महत्वपूर्ण जिम्मेवरी रहेको छ । आर्थिक, सामाजिक र राजनीतिक रुपमा बहिष्करणमा पारिएका वा परेका सीमान्तकृत समुदायहरूले अब न्याय पाउन सक्नेछन् भन्ने आशा गर्दछु । मुलुकमा कायम रहेको अराजकता, भ्रष्टाचार र अव्यवस्था जस्ता विकृतिलाई अन्त्य गरी सुशासन कायम गर्न एवम् निर्धारित समयमा निर्वाचन गराउने कार्यमा सदैव सहयोग, समर्थन र साथ रहने नै छ’, उनले भनेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार