प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न सिभिल र ट्रमा सेन्टरमा

शनिबार, भदौ २८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेटेकी छन् । शनिबार काठमाडौंको मीन भवनमा रहेको सिभिल अस्पताल र सुन्धारामा रहेको ट्रमा सेन्टर पुगेर उनले घाइते युवाहरूलाई भेटेकी हुन् । शुक्रबार मात्रै प्रधानमन्त्रीमा पदमा नियुक्त भएकी कार्कीले औपचारिक रूपमा पदभार ग्रहण गर्नुअघि नै घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी हुन् । प्रधानमन्त्री कार्कीले अस्पतालमा उपचाररत घाइतेहरूसँग व्यक्तिगत रूपमा कुराकानी गर्दै उपचारको अवस्थाबारे जानकारी लिएकी थिइन् । उनले सम्बन्धित चिकित्सकहरूसँग घाइतेहरूको स्वास्थ्य स्थिति, उपचारको प्रगति, र आवश्यक सहयोगका विषयमा छलफल गरेकी छन् ।

Photo--(2)-1757760727.jpg
Photo--(7)-1757760724.jpg
Photo--(8)-1757760724.jpg
 


 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार